
झापा । लोकगायक लक्ष्मीप्रसाद जोशी (एलपी) को निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । कलाकार जोशीको आज अन्तिम बिदाइ भएको उल्लेख गर्नुहुँदै प्रम ओलीले हार्दिक श्रद्धासहित उच्च सम्मान व्यक्त गर्नुभएको हो ।
आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले जोशी अरूका लागि आदरणीय सङ्गीतकार र गायक रहेको उल्लेख गर्नुभयो । ‘हामी दुवै दमकवासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र अनि दाइ, सबै हुनुहुन्थ्यो’ उहाँले ‘फेसबुक पेज’मा लेख्नुभएको छ ।
स्थानीय शोक बिदा
त्यसैगरी, जोशी (एलपी) को निधनमा आज दमक नगरपालिकाले आधा दिन स्थानीय शोक बिदा दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले आज सूचना प्रकाशित गर्दै स्व जोशीको निधनमा श्रद्धाञ्जली अपर्ण गर्दै आज दिउँसो १ बजेपश्चात् दमक नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरुमा (दमक अस्पताल बाहेक) शोक बिदा दिइएको जानकारी दिनुभयो । शोक विज्ञप्तिमा स्व जोशीले गीतसङ्गीत, साहित्य, खेलकुद तथा कलाकर्मीका रुपमा दमक मात्र नभएर सिङ्गो देशका लागि पु(याउनुभएको योगदान स्मरणीय रहने उल्लेख छ ।
दमक–१ निवासी जोशीको ८८ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो । उहाँको पार्थिव शरीर आज दिउँसो कन्काई नदी किनारमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँले गाउनुभएको ‘रिटिङ रिटिङ नबजाऊ विनायो’, ‘वल्लो खोलो, पल्लो खोलो, कमिलाको गोलो भनेर हौ रानाज्यू’ लगायतका दर्जनौँ गीत चर्चित छन् । उहाँ विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।
स्वर्गीय जोशीका श्रीमती बिन्दा, छोरा पूजनको निधन भइसकेको छ । हाल छोरा मिलनसहित बुहारी, नाति नातिनीसँग बस्दै आउनुभएको थियो । उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन आज बिहानदेखि दमक नगरपालिका परिसरमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै