
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीशहर नगरपालिका–७ मनाङे चौतारामा आयोजना गरेको उहाँको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।
विभिन्न समयमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले त्यही अनुरुप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सरकारमा अशोक राई, उपेन्द्र यादव लगायत नेतृत्वका पार्टीहरु पनि सामेल हुने जानकारी दिनुभयो । उहाँले सुशासनका लागि डिजिटल नेपाल आवश्यक रहेको धारणा राख्नुभयो । आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियम निर्माण गरिसक्ने बताउँदै उहाँले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरी नयाँ ऐन, कानुन तर्जुमा गरिने उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङलगायतले शाखाका तर्फबाट सम्मानपत्र प्रदान गर्नुभएको थियो । त्यस कार्यक्रममा पत्रकार कृष्ण केसी, मीना गुरुङ, नवराज पहाडी, मिलन शर्मा लगायतले सञ्चारमाध्यम र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यसैगरी नेपाल कम्युष्टि पार्टी (एमाले ) लमजुङले पनि आजै बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सञ्चारमन्त्री गुरुङलाई सम्मान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक