
काठमाडौँ । चीन र रूसबीच दक्षिणपूर्वी एसियामा ‘अतिरिक्त–क्षेत्रीय शक्ति’को प्रतिरोध गर्ने सहमतिभएको छ ।
वासिङ्टनका शीर्ष कूटनीतिज्ञको आगमन हुनुभन्दा एकदिन अघि चीन र रूसका विदेश मन्त्रीहरूले अतिरिक्त–क्षेत्रीय शक्तिको प्रतिरोध गर्ने प्रतिवद्धता जनाउँदै शुक्रबार आफ्ना दक्षिणपूर्वी एसियाली समकक्षीहरूसँग भेटघाट गर्नुभएको छ ।
लाओसको राजधानी भिएन्ताइनमा आयोजित १० सदस्यीय दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन ९आसियान० को तीन दिने बैठकमा चीनका विदेशमन्त्री वाङ्ग यी र सी विदेशमन्त्री सर्गेइ लाभरोभको सहभागिता रहेको छ ।
दुबै देशका विदेशमन्त्रीले आसियान सदस्य राष्ट्रका समकक्षीहरूसँग संयुक्तरूपमा वार्ता गर्नुभएको हो । वाङले नयाँ बेलायती विदेश सचिव डेभिड लमीसँग पनि भेट गर्नुभएको छ ।
वाङ्ग र लाभरोभबीच बिहीबार आयोजित बैठकमा ‘दक्षिणपूर्व एसियाली मामिलामा हस्तक्षेप गर्ने अतिरिक्त क्षेत्रीय शक्तिहरूको प्रतिरोध गर्न दुई देश सँगै काम गर्न सहमत भएको रूसी विदेश मन्त्रालयले जनाएको छ ।
उहाँहरूले युरेसियामा ‘नयाँ सुरक्षाका संरचना’ लागू गर्न पनि छलफल गर्नुभएको लाभरोभले एक विज्ञप्तिमार्फत जारी सन्देशमा बताउनुभएको छ ।
वाङलाई उद्धृत गरी चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले समाचारमा लेखेको छ,“बेइजिङ रूससँग सहकार्य गर्न तयार छ । हामी एकअर्कालाई दृढतापूर्वक समर्थन गर्न र एकअर्काको मूल हितको रक्षा गर्न प्रतिबद्ध छौँ ।”
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आसियानका विदेशमन्त्रीहरूसँग वार्ताका लागि शनिबार बिहान भियन्ताइन आइपुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै