
काठमाडौँ । चीनमा आएको गेमी आँधीका कारण करिब ३ लाख मानिस विस्थापित भएका छन् ।
विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको बर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा ५ जनाको मृत्यु भएको छ ।
आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका केही सहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ । फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र बर्षाका कारण ठाउँठाउँमा पहिरो गएको छ भने यसका कारण २० जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको मनिलामा बिहीबार १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि ईन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ । ट्याङ्कर बिहीबार बिहान चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
चिनियाँ अधिकारीहरूले भारी वर्षा र गेमी नाम दिइएको चक्रवातले विपत्ति निम्त्याउन सक्ने चेतावनी बिहीबार नै दिएका थिए । उनीहरूले फुजियानमा दुई लाख ९० हजारभन्दा बढी मानिसहरूलाई स्थानान्तरण गरेको जनाउदै केही सहरमा सार्वजनिक यातायात, कार्यालय, विद्यालयलगायत बजार बन्द भएको जनाएका छन् ।
छिमेकी झेझियाङ प्रान्तमा चिनियाँ राष्ट्रिय टेलिभिजन सिसिटिभी र अन्य चिनियाँ सञ्चारमाध्यममा शुक्रबार प्रशारण भएका फुटेजमा बाढीका कारण सडकहरू डुबानमा पर्दा सवारी साधन र स्थानीयहरूको यात्रा कठिन बनेको देखिन्थ्यो । करिब ९० लाख जनसङ्ख्या रहेको वानझाउ सहरमा बाढी र डुबानजन्उ जोखिमको चेतावनी जारी गरिएको छ भने सात हजार मानिसहरूलाई स्थानान्तरण गरेको सिसिटिभीले जनाएको छ ।
गेमीले मध्य जियाङ्सी र हेनानमासमेत भारी वर्षा निम्त्याउने सरकारी सञ्चार माध्यामले जनाएको छ । चीनको धेरै जनसङ्ख्या भएको प्रान्तमध्ये एक गुआङडोङले शुक्रबार आँधीको चेतावनीपछि केही यात्रुबाहक रेल सेवाहरू स्थगित गरेको सिसिटिभीले जनाएको छ ।
आधिकारिक चिनियाँ मौसम नेटवर्कलाई उद्धृत गर्दै सिसिटिभीले चक्रवात करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरहेको जनाएको छ । शुक्रबार दिउँसो जियाङ्सी पुग्दा आँधी ‘बिस्तारै कमजोर’ हुने जनाइएको छ । समाचार तयार पार्दासम्म चीनमा आँधीका कारण कसैको मृत्यु तथा घाइते भएको खबर भने आएको छैन ।
खराब मौसम, बाढी र डुबानको जोखिमको मौसम पूर्वानुमान निकायहरूको चेतावनीपछि बिहीबार राष्ट्रपति सी जिनपिङको अध्यक्षताको शीर्ष नेतृत्वको बैठकमा अधिकारीहरूले स्थानीय अधिकारीहरूलाई सतर्क र सक्रिय रहन आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’