
लेखनाथ सिकारु
काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस भएको छ ।
केन्द्रीय सदस्य छनौट गर्न बैठक जारी छ। बिहिबार केन्द्रीय कार्यालय आलोकनगरमा भएको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा छलफल भइरहेको छ । बैठकको शुरुवातमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नुभएको छ ।
अध्यक्ष नेपाललले बैठकको शुरुमा बोल्द भन्नुभयो– ‘हामीले थप प्रष्ट मापदण्ड तयार गर्नुपर्ने हुन्छ । हामीले एउटा मापमण्ड बनाइसकेका छौं त्यसले पुगिरहेको छैन । त्यसैले त्यसमा अरु कुरा जोडेर भएपनि मापदण्डहरु परिमार्जन गर्न आवश्यक छ । यो विषयमा पनि छलफल गछौं । सहमतिको साथ हुन सकेको अवस्थामा हामी नाम ल्याउँछौं होला तर त्यो परिस्थिती बनिरहेको छैन ।’अध्यक्ष नेपाले भने प्रदेश अध्यक्ष र इन्चार्जहरूले छलफल र परामर्श आफ्नो प्रदेशमा सहमतिको प्रयास गर्नु जरुरी छ ।
बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता जगन्नाथ खतिवडाले बताउनुभयो। केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ। पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन्।
सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। समावेशीकरणको सिद्धान्त अनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ।
केन्द्रीय सदस्य चयन गर्न सकस पार्टीमा पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीलाई केन्द्रीय सदस्य चयन गर्न हम्मे हम्मे परेको छ । प्रदेश कमिटीका अध्यक्ष र इञ्चार्जले प्रदेशबाट सम्भावित केन्द्रीय सदस्यहरुको नाम बुझाएको लामो समय वितिसक्दा पनि पार्टीले सदस्यहरुको नाम टुँगो लगाउन सकेको छैन ।
प्रदेशको सिफारिसपछि संगठन विभागले सदस्य चयनको गृहकार्य थालेको छ । १६–२१ असारमा सम्पन्न महाधिवेशनले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेपनि २० दिन वितिसक्दा पनि केन्द्रीय सदस्यको नाम टुँगो लगाउन सकेको छैन ।
महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको थियो यसअघि गत २२–२३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले १० दिनभित्र केन्द्रीय सदस्यको नामावली तयार पार्न प्रदेशका इन्चार्ज र संयोजकलाई जिम्मा दिएकोमा समय सिमा भित्रै प्रदेशले नामावली बुझाईसकेको र अव सबै अधिकार केन्द्रलाई भएको कोशि प्रदेशका अध्यक्ष बलदेव चौधरीले बताउनुभयो ।
भूगोलसहित विभिन्न कार्यक्षेत्र, समावेशी र खुला प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्नुपर्नेछ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । सम्पर्क प्रदेशबाट आठ, पेशागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।
विधानअनुसार सबै जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेश अन्तगर्तका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । केन्द्रीय समितिको एकतिहाइ पोलिटब्यूरो, पोलिटब्यूरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ ।
एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि संगठित सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने, विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीच क्रियाशीलता जस्ता मापदण्ड बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’
- सप्तकोशीमा बेपत्ता गोताखोरको शव भेटियो
- नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिताविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित