
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक परिषद्मा बहुमत पुर्याउने उद्देश्यले उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको दाबी गरेको छ ।
बिहीबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले उपसभामुखको पत्रको आशय गलत नभएको र कसैले लाभ पनि नपाएको निष्कर्ष निकालेको हो । कार्यवाहक प्रवक्ता मनिष झाले आशंका गरिए जस्तो आर्थिक चलखेल पनि नभएको दाबी गर्नुभयो ।
अनौपचारिक च्यानलबाट बुझ्दा यो पत्र अमेरिकी दूतावासमा दर्ता नै नभएको पाइएको भन्दै उहाँले भन्नुभयो, ‘यसमा आशय पनि गलत छैन, नियत पनि गलत छैन र यसको प्रभाव पनि कतै परेको छैन ।’
बरु अहिले संवैधानिक परिषद्मा बहुमत पुर्याउन १८ महिना पुरानो पत्र सार्वजनिक गरेर उहाँमाथि प्रहार गर्न खोजिएको रास्वपाको निष्कर्ष छ ।
रास्वपा कार्यवाहक प्रवक्ता झाले भन्नुभयो, ‘संवैधानिक परिषद्का बहुमत पुर्याउन यो पत्र लिक गरिएको हो ।’ यद्यपि यसरी पत्र लेख्नु गलत अभ्यास भएकाले आगामी दिनमा सजग हुनुपर्ने रास्वपाले बताएको छ ।
उपसभामुख अहिले पार्टीको सदस्य नभएको भन्दै झाले भने, ‘संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के छलफल हुन्छ भनेर हामी सचेत भएर बसेका छौँ ।
उपसभामुख इन्दिरा राना मगरले फागुन २०७९ मा अमेरिकामा हुने एक कार्यक्रममा जान आफ्नो सहयोगी भनेर असम्बन्धित व्यक्तिलाई भिसाका लागि लिइने अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै