+

बागमतीका क्यान्सरपीडितलाई १ लाख सहयोग : स्वास्थ्यमन्त्री थापा

भक्तपुर । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि १ लाख रुपैयाँ सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।

आज पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई प्रदेश सरकारले १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।  मन्त्री थापाले भन्नुभयो– ‘विगतमा प्रदेश सरकारले विपन्न परिवारका क्यान्सरपीडितलाई ५० हजार रुपैयाँ सहयोग गर्ने गरेको थियो । अबदेखि १ लाख दिने निर्णय गरेको छु ।’ उहाँले यस बापतको आर्थिक दायित्व भुक्तानीका लागि ११ करोड  बजेट सुनिश्चित हुनुपर्ने भएकाले त्यो बजेटका व्यवस्थाका लागि नियमानुसार मन्त्रिपरिषदमा प्रस्ताव पेश गरिने बताउनुभयो ।   
मानसिक एवं नसर्ने प्रकृतिका रोगको रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय समन्वय समिति गठन गर्ने निर्णय गरेको जानकारी दिँदै स्वस्थ्यमन्त्री थापाले भन्नुभयो– ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियानलाई अब बागमती प्रदेशका सबै पालिका तहमा पुर्याई जनचेतना अभिवृद्धि कार्यक्रममार्फत प्रदेशवासीको स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरिनेछ ।’

भक्तपुर क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त स्वास्थ्यमन्त्री थापा पहिलोपटक मन्त्री हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट