
म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकजित छन्त्याल विदेशमा रहेका आफन्तदेखि छिमेकीसँग भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्नुहुन्छ ।
यही गाउँका दलमान छन्त्यालले पनि ‘एन्ड्रोइड फोन’ र इन्टरनेट सुविधा भएपछि सूचना आदानप्रदानको परम्परागत शैली परिवर्तन गर्नुभयो । ‘गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो’ उहाँले भन्नुभयोे– ‘अहिले फेसबुक ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ ।’
इन्टरनेट भएपछि सस्तो र सजिलो रुपमा देश विदेशमा रहेका आफन्त, साथीभाईसँग कुराकानी र सूचना आदानप्रदान गर्न पाएको टेकजितले बताउनुभयो । ‘हामी सानो हुँदा विदेशबाट म घर आउँदैछु भनेर एक महिना अघि चिठी पठाउने व्यक्ति चिठी भन्दा पहिले घर आइपुग्ने अवस्था थियो’ उहाँले भन्नुभयो– ‘अहिले विश्वको जुनकुनै ठाउँमा भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ ।’
ठाडाखानीका बासिन्दाले सामूहिक रुपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सूचना आदानप्रदानको शैली फेरिएको हो । गाउँपालिकाको ६ लाख ५० हजार अनुदान र स्थानीयवासीले जुटाएको १२ लाख ५० हजार रुपैयाँबाट अल्पङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको ठाडाखानीका ६५ घरमा इन्टरनेट जडान गरिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।
‘ठाडाखानीसहित कमनाथ, कालावाङ, कोटगाउँ, पाखापानी, औँला, फुलडाँडा बस्तीका सबै घरमा सामूहिक रुपमा इन्टरनेट जडान भएको छ’ उहाँले भन्नुभयो– ‘अर्मपर्म, भेला, बैठकदेखि विवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौँ ।’ विकास निर्माण र सामाजिक कामको लागि सुझाव सङ्कलन गर्न तथा भएका गतिविधिको प्रचारप्रसार गर्न फेसबुक पेजको प्रयोग गरिएको छ ।
समाचारका लागि सञ्चार माध्यममको अनलाइन पेज र युट्युब च्यानलबाट समाचार सुन्न, हेर्ने र पढ्न थालेका छन् । युट्युबमा आफूलाई मनपर्ने गीत, चलचित्र हेरेर ज्येष्ठ नागरिकले रमाइलो गर्दछन् ।
रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७९ र ८० मा विनियोजन गरेको ६ लाख ५० हजार रुपैयाँबाट पाखापानी, कमनाथ, रायखोर, औला, कालावाङ, फुलडाँडा क्षेत्रमा इन्टरनेट विस्तार भएको थियो । पाँच सय घरधुरी रहेको पाखापानी वडाको रायखोर, मूलपानी र उल्लेरीका ९० घरधुरी बाहेक सबैमा इन्टरनेट जडान भएको छ ।
आगामी वर्ष रायखोर क्षेत्रमा इन्टरनेट विस्तार गर्न हिउँदे गाउँसभाबाट बजेट व्यवस्था गर्ने वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै