
काठमाडौँ । इङ्गल्यान्ड र वेल्समा दैनिक तीन हजार महिला हिंसाका अपराध दर्ता भएसँगै यो एक “राष्ट्रिय आपतकाल” भएको मङ्गलबार प्रकाशित गरेको नयाँ प्रतिवेदनमार्फत प्रहरीले जनाएको छ ।
दुई कानून प्रवर्तन निकायद्वारा गरिएको अध्ययनले प्रत्येक वर्ष १२ जना महिलामध्ये कम्तिमा एक जना महिला हिंसाको सिकार हुने अनुमान गरेको छ । ‘महिला र बालिका विरुद्धको हिंसा राष्ट्रिय आपतकाल हो’ वरिष्ठ प्रहरी प्रमुख म्यागी ब्लिथले प्रतिवेदनसँगको टिप्पणीमा भन्नुभयो ।
सन् २०२२ देखि २०२३ सम्ममा महिला र बालिका विरुद्ध १० लाखभन्दा बढी हिंसात्मक अपराध प्रहरीमा दर्ता भएको अध्ययनले जनाएको छ । प्रतिवेदनले सन् २०१८–२०१९ देखी गत वर्षसम्म महिला र बालिकाविरुद्धको हिंसामा ३७ प्रतिशतले वृद्धि भएको जनाएको छ । सन् २०१३ देखी सन् २०२२ को बीचमा बाल यौन दुर्व्यवहार र शोषणका अपराध ४३५ प्रतिशतले बढेको प्रतिवेदनले जनाएको छ । प्रतिवेदनले ८५ प्रतिशत हिंसा र उत्पीडन अनलाइनसँग सम्बन्धित रहेको बताएको छ ।
बेलायतको आन्तरिक मामिला मन्त्रालयले गत वर्ष फेब्रुअरीमा महिला र बालिकाविरुद्धको हिंसालाई सार्वजनिक सुरक्षाका लागि राष्ट्रिय खतरा घोषणा गरेको थियो ।
गत वर्ष ४ हजार ५०० भन्दा बढी नयाँ अधिकारीहरूलाई बलात्कार र गम्भीर यौन अपराधको अनुसन्धान गर्न प्रशिक्षण दिइएको थियो । सन् २०२२ डिसेम्बरको अन्त्यदेखि २०२३ डिसेम्बरको अन्त्यसम्म वयस्क बलात्कारको आरोपमा ३८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै