
काठमाडौँ । बेलायती सरकारले मङ्गलबार जलवायु परिवर्तनको सम्भावित प्रभावबाट मानिस, सम्पत्ति र पूर्वाधारको रक्षा गर्न असफल भएकोमा अभूतपूर्व कानुनी चुनौतीको सामना गरिरहेको छ ।
वातावरणीय अभियानकर्ताहरू ‘पृथ्वीका साथीहरू’ र अन्य दुई व्यक्तिले बढ्दो तापक्रमबाट आफू प्रभावित भएको भन्दै लण्डनको उच्च अदालतमा मुद्दा दायर गरेका छन् । यस प्रकारको मुद्दा बेलायमतमा पहिलो हो ।
पृथ्वीका साथीहरू र सह–दाबीकर्ताले बढ्दो तापक्रम, बाढी वा तटीय क्षरणबाट जोगाउन बेलायतको राष्ट्रिय अनुकूलन कार्यक्रम अपर्याप्त र गैरकानूनी रहेको भन्दै अदालतसमक्ष तर्क गरेका छन् ।
‘बेलायतको कानुनी इतिहासमा पहिलोपटक उच्च अदालतले जलवायु परिवर्तनलाई अनुकूल बनाउने सरकारको नीति वैधानिक छ कि छैन भनेर निर्धारण गर्नुपर्नेछ, जसमा हाम्रो पक्षको मानव अधिकार उल्लङ्घन भएको छ वा छैन भन्ने पनि समावेश रहेको छ’ वकिल रोवान स्मिथले भन्नुभयो– ‘यो जलवायु परिवर्तन सम्बन्धी एक ऐतिहासिक घटना हो ।’
सन् २०२३ को जुलाई देखि लागू भएको पछिल्लो राष्ट्रिय अनुकूलन कार्यक्रम (एनएपी) प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ। यसले सरकारको जलवायु अनुकूलन लक्ष्य साथै तिनीहरूलाई पूरा गर्ने र प्रभावित हुन सक्ने समुदायको संरक्षण गर्ने योजना र नीति निर्धारण गर्दछ ।
दावीकर्ताका वकिलले एनपी का नीति सन् २००८ को जलवायु परिवर्तन सम्बन्धी ऐनसँग बाझिएको दाबी गरेका छन् ।
यो ऐनले कार्बन डाइअक्साइड उत्सर्जन र अन्य ग्रीनहाउस ग्याँसको कटौती जस्ता विषयवस्तुलाई समावेश गरेको छ । यसले जलवायु परिवर्तनसम्बन्धी जोखिम सामना गर्न र प्रतिक्रिया दिन बेलायती दृष्टिकोण निर्माण गरेको छ ।
सरकारलाई सल्लाह दिने स्वतन्त्र जलवायु परिवर्तन समिति (सिसिसी) ले ‘आवश्यक भन्दा धेरै कम’ रहेको चेतावनी दिँदै एनएपीलाई ढिलाइ नगरी तत्काल सुदृढ गर्न आह्वान गरेको थियो ।
मुद्दाका दुई सह–दावीकर्तामध्ये एक, ७१ वर्षीय केभिन जोर्डनले तटीय क्षरणका कारण पूर्वी इङ्गल्यान्डको नोरफोक तटमा रहेको आफ्नो समुद्री किनारको घर ध्वस्त भएको तर राज्यले कहिलेपनि क्षतिपूर्ति प्रदान नगरेको दावी गर्नुभएको छ ।
त्यस्तै अपाङ्गता अधिकारकर्मी डग पेली उत्तरी इङ्गल्यान्डको केयर होममा बस्दै आउनुभएको र तातो गर्मीले उहँको स्वास्थ्यलाई गम्भिर असर परेको दावी गर्नुभएको छ ।
दुवैले एनएपीलाई ‘अपर्याप्त’ भनेर वर्णन गर्दै र वृद्ध र अपाङ्गता भएका व्यक्तिजस्ता सीमान्तकृत समूहको अधिकार उल्लङ्घन गर्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन