
काठमाडौँ । ‘मेरो दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरु कति सक्षम हुन्छन् भन्ने’ रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरु पोख्दै भन्नुभयो– ‘नेपाल र रुस दुई पुराना मित्रहरु हुन् । हाम्रा सम्बन्धका अनेक आयाम छन् ।’
रुसले नेपालको शिक्षा, यातायात लगायत विविध क्षेत्रमा सोभियत सङ्घ हुँदादेखि नै सहयोग गर्दै आएको छ । दुई देशबीचका हाम्रा सम्बन्धलाई अझ पुनःताजगीकरण गराउन हामी लाग्नेछौँ । प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते प्राडा प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीबाट त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण भएको थियो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभयो ।
भेटघाटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले विभिन्न क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताउनुभयो । दुई देशका भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको ग्रेट मस्को सर्कस र नेपालको मौलिक नृत्य, अर्केष्ट्रा संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो ।
रुसलाई उपनिवेशबाट मुक्त गर्न तथा हिटलरको तानाशाही शासनविरुद्धको स्वतन्त्रताको लडाइँका लागि भ्यादिमिर लेनिनले गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ पनि भएकाले दुई देशबीचको सम्बन्धका अनेक आयाम रहेको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल बसाइका क्रममा रुसका भलिबल टोलीलाई अनुकूल भएमा ‘माउन्टेन फ्ल्याइट’ गर्न सुझाव दिनुभयो ।
त्यस अवसरमा नेपालका लागि रुसी राजदूतावासका प्रथम सचिवले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र खेलकुद लगायत क्षेत्रका सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घले आगामी २०८२ जेठ ८ मा पर्यटन वृद्धिमा समेत योगदान दिने लक्ष्यका साथ सगरमाथा आधार शिविरमा राष्ट्रिय भलिबल दिवस मनाउन तयारी गरेकाले त्यसमा नेपाल सरकारबाट सहयोगको अपेक्षा गरेको थियो । महासचिव श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माणका लागि आग्रह गर्दा प्रधानमन्त्रीले ओलीले निर्माणको पहल गर्ने बताउनुभएको छ ।
त्यस अवसरमा गैह्रआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समितिका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै