+

समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतविरुद्ध खेल्दै

काठमाडौँ । एसिसी महिला एशिया २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा शुरु हुनेछ ।

समान १-१ खेल बाँकी रहँदा समूह ए मा नेपाल र पाकिस्तानको समान २-२ अंक छ । भारतले २ खेल जितेर ४ अंक सहित समुहको शिर्षस्थानमा छ । युएईले २ खेलमा हार बेहोरेको छ ।

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नु पर्ने छ । तर सो नतिजा नेपालका लागि निकै कठिन रहेको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ । पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ । 

पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि , पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले युएई विरुद्ध हार बेहोर्ने सम्भावना नै न्युन छ ।

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध ९ विकेटले पराजित भएको थियो । सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ । पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । 

भारतको भने अन्तिम चारमा प्रवेश गर्ने सम्भावना उच्च रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट