
काठमाडौँ । रूसको सेनाले आइतबार राति दक्षिणी रोस्तोभ क्षेत्रमा करिब ५० सहित ७५ वटा युक्रेनी ड्रोन खसालेको रूसले सोमबार जनाएको छ ।
हवाई रक्षा प्रणालीले रोस्तोभमाथि ४७, ब्ल्याक सी र अजोभ समुद्रमा १७, बेलगोरोडको सीमावर्ती क्षेत्रसहित अन्य क्षेत्रमा ११ वटा ड्रोन रोकेको रक्षा मन्त्रालयले जनाएको हो ।
क्रास्नोडार क्षेत्रको ब्लाक सी सहर टुआप्सका क्षेत्रीय अधिकारीहरूले खसालिएको ड्रोनको भग्नावशेषले पेट्रोल प्रशोधन कम्पनीमा आगलागी भएको बताएका छन् ।
किएभ शासनले पुनः टुआप्सको नागरिक पूर्वाधारमा ड्रोन आक्रमण गर्ने प्रयास गरेको क्षेत्रीय अधिकारीहरूले टेलिग्राममार्फत जनाएका छन् ।
प्रारम्भिक जानकारीअनुसार ती आक्रमणमा कसैको पनि हताहत भने भएको छैन ।
पछिल्लो समय रूसले दैनिकजसो युक्रेनी ड्रोन रोक्ने घोषणा गरिरहेको छ भने किएभले फेबु्रअरी २०२२ मा मस्कोले सैन्य कारबाही सुरु गरेदेखि सैन्य तथा नागरिक लक्षित रूसी आक्रमणको जवाफ भएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै