
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिङ्कर खण्डबारे सदनलाई जानकारी गराउनुभएको छ ।
त्यो खण्डको ८० प्रतिशत कडा चट्टान रहेको र विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भई निर्माण कार्यमा कम समय लाग्ने तथा कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनाले काम गरिरहेको उहाँले जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तरको क्रममा छुट्टै बजेट शीर्षकको सन्दर्भमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय (नेपाली सेना) बाट कार्यान्वयन भइरहेको तराई–मधेश द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकमा छुट्टै बजेट उप–शीर्षक कायम भएको अवस्था नरहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो– ‘बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भएबमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमासमेत बजेट कमी हुन नदिने विश्वास दिलाउन चाहन्छु ।’ उहाँले सङ्घको कार्यक्षेत्र रहेका सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा सिँचाइ र नदी नियन्त्रणका कार्यहरु प्रभावकारी रुपले सम्पादन गर्न दार्चुलाबाट बैतडीको पाटनमा कार्यालय स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।
तटबन्ध निर्माण कार्यान्वयन एवं आवश्यक अनुगमन गर्न सम्पर्क कार्यालय र केही प्रविधिक दार्चुलामा पनि राखिएको उल्लेख गर्दै उहाँले बैतडीस्थित कार्यालयले पनि यससम्बन्धी कार्य गर्ने सदनलाई जानकारी गराउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन