
लुम्बिनी । लुम्बिनीको मुख्यमन्त्रीको लगि नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गर्नुभएको छ ।उपनेता आचार्यले प्रदेशसभामा रहेका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज दाबी प्रस्तुत गर्नुभएको हो ।
मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख शेरचनसमक्ष बुझाउनुभएको राजीनामा स्वीकृत भएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनाअनुसार नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा आज बेलुका साढे ६ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।
यसैअनुरुप प्रदेशसभामा रहेका एमालेका २९ र कांग्रेसका २७ सहित ५६ जना सदस्यको समर्थनमा आचार्यले दाबी प्रस्तुत गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रस्तावित मुख्यमन्त्री आचार्यसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले संसदीय दलका प्रमुख सचेतक तुल्सी चौधरी लगायतका सदस्यहरू पुगेका थिए ।
त्यस अवसरका प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्ति र मन्त्रिपरिषद्का नयाँ सदस्यको शपथ कार्यक्रम बुधबार बिहान राख्ने गरी तयारी गर्न दलका नेताहरुलाई आग्रह गर्नुभयो । त्यहीअनुसार बुधबार बिहान बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने एमाले प्रमुख सचेतक चौधरीले जानकारी दिनुभयो ।
नयाँ सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम र उनीहरुको जिम्मेवारी एकैपटक टुङ्गो लगाइने गरी सरकारमा सहभागी दलबीच छलफल भइरहेको मुख्यमन्त्री पदका प्रस्तावित नेता आचार्यले जानकारी दिनुभयो ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्यले यसअघि आन्तरिक मामिला तथा कानुन, ग्रामीण खानेपानी तथा शहरी विकास र आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै