+

प्रतिनिधिसभामा पुष्पलालको योगदानबारे चर्चा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको योगदानबारे चर्चा गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद सूर्यबहादुर थापा क्षेत्रीले पुष्पलालले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा पु-याएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण हस्ती, कम्युनिष्ट आन्दोलनका शुरुवातकर्ता पुष्पलालको ४६औँ स्मृति दिवसका अवसरमा सांसद् क्षेत्रीले पुष्पलाललाई विभिन्न आयामबाट सम्झिनुपर्ने बताउनुभयो । 

सांसद जनार्दन शर्माले प्राकृतिक विपत्तिले देश आक्रान्त बनाएको र भूकम्पले चिरा पारेका बस्ती बाढीको चपेटामा परेको देशभरीका बाढी प्रभावित परिवार जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद रोशन कार्कीले मधेसमा पछिल्लो समयमा आपराधिक गतिविधि बढ्दै गएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । ‘सर्लाही जिल्लामा एकजनाको हत्या भएको छ, त्यस घटनाबारे निष्पक्ष छानविन गरी सत्य पत्ता लगाई दोषीमाथि कारबाही गर्न म सरकारसँग आग्रह गर्दछु’ उहाँले भन्नुभयो ।  सांसद कार्कीले संसद् सचिवालयमा करारमा र ज्यालादारीमा रहेका करिब ५० कर्मचारीको जागिर खोसिएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट