
काठमाडौँं। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना हुनुभएको छ । ७७ वर्षीय वैद्यलाई श्वासप्रश्वासमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
महासचिव वैद्यलाई चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने सुझाव दिएपछि अस्पताल भर्ना गरिएको क्रान्तिकारी माओवादीका कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिनुभएको छ ।
सिग्देलका अनुसार वैद्यको स्वास्थ्यमा सुधार हुँदै गएको छ । ‘अस्पताल बसेको तीन रात भइसक्यो । स्वास्थ्यमा सुधार हुँदै गएको छ,’ सिग्देलले भन्नुभयो ‘सम्भवतः आज वा भोलि डिस्चार्ज हुनुहुन्छ होला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल