
बाँके । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेसी समुदायले भौंरी पर्व मनाएका छन । यो पर्व बाँके, बर्दिया, दाङ्ग, कपिलवस्तुलगायत मधेसी समुदायको बहुल्यता भएको स्थानमा मनाउने गरिन्छ ।
यो पर्व मान्ने समुदायका व्यक्तिहरु विहानै घरको गोठ लिपपोत गर्छन । भौंरी पकाउन गुहुँको पिठो मुछी पूर्णिमा आर्थत् पूर्ण गोलो आकारको परिकार बनाउने गरिएको बाँके डुडुवा गाउँपालिका–५ अगुव तिरथराम यादवले बताउनुभयो ।
गोलो अकारको परिकार बनाई गाईगोरुको गोबरबाट बनेको कन्डा अर्थात गुँइठा बनाई गाईगोरु बस्ने गोठमै कन्डाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ, जसलाई भौरी भन्ने गरिन्छ ।
अवधी समुदायमा यो पर्वको छुट्टै महत्व छ । गाई गोरु नै घरको सम्पत्ति हो भन्ने विश्वासले गोठमै पकाउने परम्परा छ । यी परिकारहरु विधिवत रुपले पकाइ सकेपछि केराको पातमा राखी अगियार अर्थात पूजा गर्ने गरिन्छ ।
घरमा पालेको गाई गोरुलाई भौंरी खुवाईसकेपछि मात्रै घरका अन्य सदस्यले खाने चलन छ । विशेष गरी दही, भेली र चिनीसँग भौंरी खाने गरिन्छ । आजकै दिनमा मधेसी समुदायमा विवाहित छोरी माइत जाने र ज्वाँइलाई ससुरालीमा बोलाएर भाैँरीसँग मिठो परिकार खाने खुवाउने प्रचलन रहेको नेपालगन्ज–६ का शिवप्रसाद पाठकले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै