
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको भारी मत पाउनुभएको छ । प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाका दुई तिहाइ सदस्यले विश्वासको मत दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारप्रति समर्थन माग्दा प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये १ सय ८८ सांसदले उहाँको पक्षमा मतदान गरेका छन् । प्रधानमन्त्रीको समर्थनको विपक्षमा ७४ मत परेको छ । प्रधानमन्त्रीको विश्वासको मतमा एक सांसद भने. तटस्थ रहनुभएको छ ।
प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले प्रधानमन्त्री ओलीलाई मत दिएका छन् ।
केही दिनअघि सरकारबाट बाहिरिन बाध्य भएको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीको विपक्षमा मत दिएका छन् । नेपाल मजदूर किसान पार्टीका एक मात्र सांसद प्रेम सुवाल तटस्थ रहनुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै