
तनहुँ । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले गत आर्थिक वर्ष २०८०र८१ मा जिल्लाका दश पालिकामा ३ लाख ७७ हजार २४ पशुलाई पूर्ण खोप लगाएको हो ।
रोगका कारण हुने पशुजन्य उत्पादनको कमीलाई रोक्न खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि तनहुँका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्ण खोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल पार्ने लक्ष्य राखेको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयातनिर्यात हुने भएकाले पूर्ण खोप अभियान सञ्चालन गरिएको चौधरीको भनाइ छ ।
पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्ण खोप कार्यक्रम प्रभावकारी बन्ने चौधरीले उल्लेख गर्नुभयो ।
चौधरीका अनुसार जिल्लाका ८५ वडाका ३४ हजार ९ सय ३० घरधुरीले पालेका पशुमा पूर्ण खोप लगाइएको छ । उहाँका अनुसार सबैभन्दा बढी बाख्रामा पूर्ण खोप लगाइएको छ । बाख्रापालनतर्फ कृषकको आकर्षण बढेसँगै धेरै बाख्राहरुमा पूर्ण खोप लगाइएको चौधरीले बताउनुभयो । त्यसपछि गाई, भैँसी, बङ्गुर, कुकुर, भेडा र बिरालोमा पूर्ण खोप लगाइएको छ ।
चौधरीका अनुसार २ लाख २५ हजार ५ सय १५ बाख्रा, ५६ हजार हजार ३ सय १९ गाइ, ५३ हजार ९ सय ७९ भैँसी, २२ हजार छ सय ३५ बङ्गुर, १७ हजार ८ सय ८९ कुकुर, पाँच सय २६ भेडा र ४ सय ३१ बिरालोलाई पूर्ण खोप लगाइएको छ ।
व्यास नगरपालिकाका ८० हजार ५ सय २७, शुक्लागण्डकी नगरपालिकाका ३६ हजार चार सय ३२, भिमाद नगरपालिकाका ६० हजार ६ सय ४३, भानु नगरपालिकाका ४९ हजार ३७, घिरिङ गाउँपालिकाका २५ हजार नौ सय, ऋषिङ गाउँपालिकाका ३४ हजार एक सय २८, बन्दीपुर गाउँपालिकाका २१ हजार ७ सय ६६, आँबुखैरेनी गाउँपालिकाका १९ हजार ९ सय २५, देवघाट गाउँपालिकाका २७ हजार ६ सय २२ र म्याग्दे गाउँपालिकाका २१ हजार ४१ पशुमा पूर्ण खोप लगाइएको केन्द्रले जनाएको छ ।
पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि ९२ खोपकर्ता र गणक नियुक्ति गरिएको थियो । खोपकर्तालाई अभिमुखीकरण गरी सम्बन्धित वडामा खटाइएको केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै