
चितवन । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव शुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव शुरु भएको हो ।
महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गर्नुभयो । उहाँले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताउनुभयो । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको मन्त्री भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।”
महोत्सवको अवसरमा सुन्तला खाने प्रतियोगिता, बोटमै पाहुनाले आफँै टिप्न पाउने, सुन्तला किसानलाई विभिन्न सामग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकद्वारा रोगव्यादीसम्बन्धी तालिम दिने काम पनि हुने गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । किसनालाई सुन्तलाखेतीमा लाग्न प्रोत्साहन गर्न तथा बजारीकरणमा सहयोग पुर्याउन सुन्तला महोत्सव अयोजना गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँपालिकाको आयोजनामा वडा नम्बर ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत समेटेर माझगाउँमा सुन्तला महोत्सव भएको हो । महोत्सव यही पुस १८ गतेसम्म जारी रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल