
काभ्रे । जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ ।
‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको ¥याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको थियो ।
धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न र्याली आयोजना गरिएको बताउनुभयो ।
जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताउनुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्यालीको शनिबार शुभारम्भ गर्नुभएको हो । र्यालीमा दुई सय जना सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै