
काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे आज चीन प्रस्थान गर्नुभएको छ । चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको आठौँ चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इष्टर्न चाइना एयरलान्इसको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रियसभाका सदस्य मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, सङ्घीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीयसचिव प्रेमबहादुर सिंह हुनहुन्छ ।
उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले यही साउन ८ गते हुने प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल यही साउन १० गते स्वदेश फर्कने तालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै