
मोरङ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने बताउनु भएको छ ।
मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने एक्स्पो–२०२३ समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा महतले सरकार निजी क्षेत्र मैत्री रहेकाले सबै यथार्थका आधारमा प्राधिकरण र उद्योगीबीच रहेको समस्याको समाधान निकालिने बताउनुभयो ।
अर्थमन्त्री डा महतले सरकारले विदेशी सहयोगलाई पुनः संरचना गर्ने नीति लिएको जनाउँदै अत्यावश्यक एवं प्रतिफल दिने क्षेत्रमा मात्र विदेशी सहयोग र ऋण लिने जानकारी दिनुभयो । उहाँले आगामी वैशाखमा सरकारले अन्तरराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिँदै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन मुख्य चार क्षेत्र जलविद्युत्, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रको आधुनिकीकरण गर्ने नीति लिएको बताउनुभयो ।
अर्थमन्त्री डा महतले निजीकरण समितिको चाँडै बस्ने बैठकले मुलुकमा बन्द भएका उद्योगहरुलाई निजी क्षेत्रलाई संलग्न गराएर जमिन चै राज्यको रहनेगरी सञ्चालन गर्ने जानकारी दिनुभयो ।
एक्स्पो यही पुस ६ गतेदेखि विराटनगर–२ मुनालपथमा सञ्चालन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल