
कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातिका रातो, पहेलो, निलो फूल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य शुरु गरेको हो ।
फूल प्रजातिका बिरुवासँगै निम, अमला लगायतका औषधीजन्य बिरुवा वितरणकार्य अगाडि बढाइएको छ । गत आबमा वितरण हुन बाँकी रहेका बिरुवा पनि वितरण भइरहेका छन् ।
शहर बजारसँगै सडकको सौन्दर्यता बढाउने बिरुवा वृक्षारोपण गर्नका लागि पालिकालाई आग्रह गरिएको वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताउनुभयो । ‘सौन्दर्यता बढाउने फूल प्रजातीका बिरुवा निःशुल्क रुपमा उपलव्ध गराउने व्यवस्था गरेका छौँ’ उहाँले भन्नुभयो, ‘पालिकाले माग गरे अनुरुप बिरुवा वितरण भइरहेका छन् ।’
बिरुवाको नर्सरीमा स्टक रहन्जेलसम्म चालु आवभित्र बिरुवा वितरणकार्य गरिने छ । फुल प्रजातीका बिरुवा रोप्ने सर्वसाधारणलाई पनि बिरुवा उपलव्ध गराइने कार्य भइरहेको छ ।
वन कार्यालयको नर्सरीमा उत्पादन भएका बहुवर्षीय बिरुवा निजी कृषक, सङ्घसंस्था, सामुदायिक वन उपभोक्ता समुहले तोकिएको ढाँचामा १० रुपैयाँको टिकट टाँस गरिएको निवेदन बिरुवा वितरण कक्षमा दर्ता गरी लैजान पाइने छ । दश वटासम्म बिरुवाका लागि नागरिकताको प्रतिलिपि, निवेदन र दश बिरुवाभन्दा बढीका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र निवेदन दिनुपर्ने छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरले ३ लाख ६० हजार विभिन्न प्रजातिका बिरुवा नर्सरीमा उत्पादन गरेको छ । कार्यालय परिसरमै नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएका छन् ।
वन कार्यालयका सूचना अधिकारी अवस्थीका अनुसार जडिबुटीजन्य बिरुवा एक लाख, बहुवर्षे घाँस प्रजातिका ६० हजार, फूल र काष्ठ प्रजातीका दुई लाख बिरुवा नर्सरीमा तयार गरिएका छन् ।
जिल्लामा बिरुवाको माग उत्पादन गरेभन्दा दोव्वर बढी भएपनि सीमित बजेटका कारण डिभिवन वन कार्यालयले थोरै मात्रै बिरुवा उत्पादन गर्दै आएको जनाएको छ । केही ठाउँमा नगरपालिकाको बजेटमा बिरुवा उत्पादनकार्य गरिएको छ ।
प्रतिवर्ष ३ लाखदेखि ७ लाखसम्म बिरुवा उत्पादनकार्य हँदै आएको छ । प्रतिवर्ष निन्तररुपमा बिरुवा उत्पादन गरी वितरण गरी रोप्नेकार्यले अबको १० वर्षमा वन माथिको ३० प्रतिशत निर्भरता कम हुनेछ ।
राष्ट्रिय वनको पैदावारले बढदो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले नीजि क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति ल्याइएको सूचना अधिकारी अवस्थीको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन