
काठमाडौँ । चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी वैज्ञानिकलाई आकर्षित गर्ने योजना सार्वजनिक गरेको छ ।
पार्क बेइजिङ ई–टाउनका नामले प्रख्यात बेइजिङ आर्थिक–प्राविधिक विकास क्षेत्रमा अवस्थित हुनेछ बिहीबार समाप्त एशियाका लागि बोआओ फोरमको ग्लोबल हेल्थ फोरमको तेस्रो सम्मेलनमा घोषणा गरिएको थियो । करिव ५.८ वर्ग किलोमिटरको योजनाबद्ध क्षेत्रको साथ, पार्कले अन्तर्राष्ट्रिय कर्पोरेट मुख्यालयको समूह प्रस्तुत गरी विश्व–स्तरीय विशेष अस्पताल र औषधि सम्बन्धित उद्योगको प्रोत्साहनमा ध्यान केन्द्रित गर्नेछ ।
‘पार्कले मात्रात्मक जीवविज्ञान, नयाँ पुस्ताको उच्च प्रविधि र उपचारात्मक जिन सम्पादन प्रविधिजस्ता स्वास्थ्यका सीमावर्ती क्षेत्रलाई लक्षित गर्नेछ’ बेइजिङ ई–टाउन व्यवस्थापन समितिका निर्देशक कोङल बताउनुभयो । विश्वभरका वैज्ञानिक, विश्वस्तरीय नेता तथा विज्ञान प्रविधिमा नवप्रवर्तन टोलीलाई आकर्षित गर्ने कोङले उल्लेख गर्नुभयो ।
बेइजिङ ई–टाउनले भर्खरै जारी गरेको कृतिम बौद्धिकता अनुप्रयोग परिदृश्यको पहिलो समूहमा औषधि, स्वास्थ्य र औषधि अनुसन्धान र विकासजस्ता १० क्षेत्र समावेश छन् ।जैविक तथा सूचना प्रविधिको एकीकरणलाई बढावा दिने जनाउँदै एआई कम्प्युटिङ शक्तिको माध्यमबाट नयाँ औषधि अनुसन्धान र विकासलाई बढावा दिने कोङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै