+

इन्डोनेसियाको बाली टापुमा हेलिकप्टर दुर्घटना

काठमाडौँ । इन्डोनेसियाको रिसोर्ट टापु बालीमा शुक्रबार पाँच जना सवार हेलिकप्टर दुर्घटना हुँदा पाइलट र चार यात्रु घाइते भएको एक वरिष्ठ उद्धारकर्ताले बताएका छन् ।

 घटना स्थानीय समयअनुसार १४ः३७ बजे भएको बाडुङ रिजेन्सी टापुमा रहेको खोज तथा उद्धार कार्यालयका प्रमुख आई न्योमन सिडाकार्यले बताउनुभयो ।

घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएका छन् ।  घाइते सबैलाई तुरुन्तै आरएस सिलोम अस्पताल लगिएको सिडकार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट