
तनहुँ । पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ तर यसको प्रचारप्रसार हुननसक्दा पर्यटकीय गतिविधि बढ्न सकेका छैनन् ।
सदरमुकाम दमौली हुँदै बाराही मन्दिरबाट पूर्वतर्फको यात्रा गरेपछि करिब ३० मिनेटमा यहाँ पुगिन्छ । कही उकालो र कही समथल बाटोको यात्रा गरेपछि यहाँ पुग्दा जो कोही मोहित हुन्छन् र थकान मेटिएको आभाष हुन्छ । यहाँ गाउँपालिका वडा नम्बर १४ कुलुङ गाउँबाट आउने पानीले झरनाको रूप लिएको छ ।
पर्यटकीय हिसाबले उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने यो ठाउँ प्रचारप्रसारको कमीले ओझेलमा परेको झरनामा घुम्न पुग्नुभएका व्यास नगरपालिका–२ बागबजार निवासी सुदीप गफ्फारले बताउनुभयो । दमौलीको उखरमौलो गर्मीका बेला यहाँको शीतलताले आनन्दित बनाएको उहाँको भनाइ छ । ‘झरनाको पानी एकदम चिसो, गर्मीका बेला त साह्रै आनन्द आउने । हरियाली वातावरणले झनै आकर्षित गर्ने ठाउँ रहेछ’ उहाँले भन्नुभयो । यस ठाउँलाई धार्मिक पर्यटनसँग जोड्नसके धेरै लाभ लिन सकिने भन्दै गफ्फारले थप्नुभयो– ‘छाब्दी बाराही मन्दिर दर्शन गर्न आउने भक्तजनलाई यस ठाउँसम्म आउने वातावरण सिर्जना गर्नुपर्छ । त्यसो भएमा यो राम्रो पर्यटकीय क्षेत्र बन्नसक्छ ।’
व्यास नगरपालिका–१ का सुनिल श्रेष्ठले चिसो पानी, मनमोहक वातावरणले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने उल्लेख गर्नुभयो । प्रचारप्रसारका कारण यस झरनामा सोचेजति चहलपहल नभएकाले स्थानीय तहले यसतर्फ ध्यानदिनुपर्ने उहाँको भनाइ छ ।
व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ यस ठाउँको पर्यटन प्रवद्र्धनका लागि केही वर्ष पहिला झरनामा ‘क्यानोनिङ’ (चट्टानमा डोरीको सहाराले हाम्फाल्ने) शुभारम्भ गरिए पनि त्यसले सार्थकता नपाएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘छाब्दी बाराही मन्दिर दर्शनका लागि विभिन्न जिल्लाबाट हजारौँ भक्तजन आउँछन् । यहाँ आउने भक्तजनलाई झरनासम्म पुर्याउन सकिरहेका छैनौ । छाब्दीमा आउनेलाई झरनासम्म पुग्ने वातावरण बनाउन पाए पर्यटन प्रवर्द्धनमा टेवा पुग्थयो तर हाम्रो प्रयासले मात्र सम्भव भएको छैन ।’
झरनासम्म पुग्ने बाटोमा करिब एक सय मिटर ढलान गरिएको छ । वडाको सीमित बजेटले मात्रै यहाँ पूर्वाधार निर्माण गर्न कठिनाइ भएको श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो– ‘वडाको सानो बजेटबाट धेरै काम गर्न सकिएको छैन । पूर्वाधार निर्माण गर्नका लागि स्रोत छैन । अब पालिका र अन्य सरोकार भएकाले पनि यसमा सहयोग गर्नुपर्छ, अनि मात्रै आवश्यक पूर्वाधार निर्माण तथा प्रचारप्रसारका काममा सहज हुन्थ्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै