
बैतडी । जिल्लाको पाटनमा महिला सुरक्षित आवास गृह(सेफ हाउस) को आफ्नै भवन निर्माण गरिएको छ ।
गत आर्थिक वर्षमा सङ्घीय सरकारले पाटन नगरपालिकामार्फत सेफ हाउसको भवन निर्माण गर्न ८० लाख रुपैयाँ विनियोजन गरेको थियो । ठेक्का प्रक्रियामार्फत धर्मदेव निर्माण सेवाले ५२ लाख रुपैयाँको लागतमा त्यो भवन निर्माण गरेको हो ।
सम्झौताअनुसार भवन निर्माणपछि नगरपालिकालाई हस्तान्तरण गरिएको निर्माण व्यवसायीय दिनेश लामिछानेले बताउनुभयो । पाटनमा २०७३ साल भदौदेखि महिला सुरक्षित आवास गृह सञ्चालित छ । सेफ हाउस सञ्चालन भएको सात वर्षपछि आफ्नै भवन निर्माण बनेको सेफ हाउसका मनोविमर्शकर्ता डम्मरी भट्टले बताउनुभयो । अहिले आफ्नै भवनबाट सेवा प्रवाश भइरहेको उहाँले जानकारी दिनुभयो ।
पाटन नगरपालिकाको अगुवाइमा भवन निर्माण भएपछि चालु आर्थिक वर्षदेखि सेफ हाउस सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिकाले लिएको हो । यसअघि सहस्त्रलिङ्ग सामुदायिक संस्थाले व्यवस्थापन गर्दै आएको थियो । सेफ हाउस सञ्चालनमा साथी नामक संस्थाले सहयोग गर्दै आइरहेको छ । यहाँबाट अहिले हिंसा प्रभावित चार जना महिलाका साथै तीन बालबालिकाले सेवा लिइरहेका मनोविमर्शकर्ता भट्टले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै