
काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र ‘बुलाकी’ साउन ३२ गतेदेखि पुनःप्रदर्शन हुने भएको छ ।
तत्कालीन समयमा चलचित्र भवनले शो बाँडफाँडमा विभेद गरेको भन्दै निर्माता विराज विष्टले चलचित्रको प्रदर्शन रोक्नुभएको थियो । नेपाल चलचित्रको निर्माणमा डिजिटल युगको .शुरुवात भएसँगै प्रदर्शनमा सहजता भएको छ । चलचित्र प्रदर्शनका लागि प्रिन्ट बोकेर चलचित्र भवन पुग्नुपर्ने युगको अन्त्य भएसँगै नेपाल मात्र नभई विश्वभर प्रदर्शनका लागि सहजता भएको छ । त्यही कारण पनि पछिल्लो समय पुनःप्रदर्शन हुने चलचित्र सङ्ख्या बढ्दो देखिन्छ ।
यसैवर्ष गएको असार ७ गते ‘आचार्य’ पुनःप्रदर्शन गरियो । स्वर्गीय गायक भजन शिरोमणी भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र व्यावसायिकरुपमा सफल हुन नसके पनि पुनःप्रदर्शनका लागि परिक्षण गर्न निर्माता अझैँ सक्रिय छन् ।
‘हाम्रो चलचित्रलाई प्रदर्शन सहजतामा कठिनाई भएको थियो । सोही कारण पुनःप्रदर्शन गर्ने तयारीमा थियौँ । वितरक र प्रदर्शकसँग सल्लाह गरेर यो समय उचित लागेपछि पुनःप्रदर्शनका लागि तयारी थालेका छौँ’ निर्माता विष्टले भन्नुभयो । उहाँले चलचित्र पुनःसम्पादन गरी प्रदर्शन गरिने जानकारी दिनुभयो ।
निर्माता विष्टले यसलाई नयाँ चलचित्र झैँ दर्शकसम्म पु¥याउने तयारी गरिएको बताउनुभयो । चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्विप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाइ लगायत कलाकारले अभिनय गर्नुभएको छ ।
प्रदर्शनका लागि चलचित्र वितरण गर्नु हुने वितरक करण श्रेष्ठले नयाँ वा पूरानो जुनै चलचित्रले पनि आफ्नो जानकारी दर्शकसम्म पुर्याउनु पर्ने बताउनुभयो । ‘दर्शकलाई आकर्षित गर्न निर्माण पक्षले मेहनत गर्नुपर्छ । प्रचारप्रसारसँगै नयाँ विधी अपनाएर चलचित्रको बारेमा जानकारी दिनु आवश्यक छ । अहिले चलचित्र हेर्ने ओटीटीजस्ता अन्य माध्यमको पनि विकास भइरहेको छ’ उहाँले भन्नुभयो ।
कोरोना महामारीका कारण भएको बान्दाबन्दी पश्चात् ‘कठपुतली’, ‘चपली हाइट–३’, ‘विहे पास’लगायत चलचित्र पुनःप्रदर्शन भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै