+

परराष्ट्रमन्त्री डा राणा र अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उहाँहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको छ । 

भेटवार्तामा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट