
काठमाडौँ । खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एशियाली विकास बैंक (एडीबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।
भेटवार्तामा मन्त्री यादवले गुणस्तरीय खानीपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्वपूर्ण सहयोगका लागि एडीबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । मेलाम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मतसम्भार गर्न सम्वद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उहाँले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौँमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताउनुभयो ।
एडीबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाको सफल कार्यान्वयन र भविष्यमा एडीबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै