+

सत्तापक्षको मुख्य सचेतकमा बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रतिनिनिधिसभा सदस्य महेशकुमार बर्तौला सत्तापक्षको मुख्य सचेतक बन्नुभएको छ । बर्तौलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सत्तापक्षको मुख्य सचेतकमा मनोनयन गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले बर्तौलालाई एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ बमोजिम प्रतिनिधिसभाको सत्ता पक्षको मुख्य सचेतकमा आजदेखि लागू हुनेगरी मनोनयन गर्नुभएको हो । 

सांसद बर्तौलाले यसअघि एमालेको प्रमुख सचेतक र सचेतक भएर जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट