
गुल्मी । गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ ।
अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद शर्माले उहाँकै घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालयले पछिल्ले समय जिल्लामा अशक्त र अपाङ्ता भएका व्यक्तिलाई घरमै पुगेर सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरिरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो । ‘हामीले हरेक पालिकामा पुग्दा त्यहाँका जनप्रतिनिधिलाई त्यस्ता प्रकाकारका अशक्त र अपाङ्ता भएका व्यक्ति भएमा जानकारी गराउनु होला, हामी घरमै आएर सेवा प्रवाह गर्छौँ भनेका छौँ’ उहाँले भन्नुभयो ।
अपाङ्ता र अशक्त भएका व्यक्तिलाई नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने र आर्थिक भार समेत थपिने भएकाले उनीहरुलाई कार्यालयबाट कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरिने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताउनुभयो । अन्मुलका बुबाले छोराको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो पोखेपछि प्रजिअ शर्माले घरमै पुगेर नागरिकता दिने प्रतिवद्धता जनाउनु भएको थियो । आफूले गुनासो राखेपछि मङ्गलबार घरमै आएर छोरालाई विस्तारामै नागरिकता दिँदा आफूहरु निकै खुशी बनेको अन्मुलका बुबा ध्रुव घर्तीले बताउनुभयो । ‘यत्ति कामका लागि यो छोरालाई तम्घास लैजान ल्याउन कति समस्या हुन्थ्यो, अहिले घरमै आउनुभयो, नागरिकता दिनुभयो, हामीलाई त भगवान आएजस्तै भयो’ घर्तीले भन्नुभयो ।
स्वस्थ्य नै जन्मिएका अन्मुल जन्मेको चार दिनपछि कमलपित्तका कारण अपाङ्ता हुनुपरेको बताइएको छ । अपाङ्ता भएपछि अन्मुल १७ वर्षदेखि ओछ्यानमै छन् । उनी बोल्न र केही गर्न सक्दैनन् । उनको हेरचार र स्याहार सुसारका लागि परिवारलाई नियमित रुपमा खटिरहनुपर्ने बाध्यता छ । ध्रुवको तीन सन्तानमध्य उनी माइलो सन्तान हुन । वृद्ध हुनलागेका बाबुआमा यतिबेला त्यही छोरालाई हेर्दैै आफ्नो जीवन कटाइ रहनुभएको छ ।
जिल्ला प्रशासनले यसअघि पनि जिल्लाको रेसुङ्गा, मुसिकोट, ईस्मा लगायतका पालिकामा पुगेर यस्तै प्रकारको सेवा प्रदान गरेको थियो । प्रशासनले जिल्लामा विपद् प्रभावितलाई परिवारलाई पनि घरमै पुगेर राहत उपलब्ध गराउने व्यवस्था मिलाएको प्रजिअ शर्माले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै