भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
३० चैत २०८०, शुक्रवार
काठमाडौँ । राजनीतिक स्थायित्व र कानुन निर्माणमा आशातीत प्रगति हासिल गर्न नसकिए पनि भ्रष्टाचारका फाइल खोल्ने र जनतामा सुशासनको अनुभूति दिलाउने मामिलामा विसं २०८० पहल कदमीको शुरुवात वर्ष भएको छ । भ्रष्टाचारका घटनामा ठूला माछा भनिएका उच्च ओहदामा रहेका व्यक्ति पक्राउ हुनाले सुशासनको प्रत्याभूति दिलाउने कोशिस भएको छ ।