त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागी पीडित
२७ वैशाख २०८१, बिहिवार
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वरी मनोहरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभएको छ ।