
पाल्पा । पाल्पाका अग्निपीडित परिवारलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले विपद् व्यवस्थापन कोषमार्फत आगलागीबाट घरबारविहीन भएका परिवारलाई राहत प्रदान गरेको हो ।
रामपुर नगरपालिका–४ को समाङसिङ, गिजिनडाँडाका, रामपुर–५ को गैराका आगलागीबाट पीडित ६ घरपरिवार तथा पूर्वखोला गाउँपालिका–६ का ९ परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले राहत वितरण गरिएको हो । वैशाख १९ गते वनमा सल्किएको आगोले ती ठाउँमा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए ।
प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, जिल्ला अदालत पाल्पाका न्यायाधीश दलबहादुर केसी, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डित, जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं जनप्रतिनिधिको उपस्थितिमा राहत वितरण गरिएको हो ।
प्रजिअ काफ्लेले घर पूर्ण रूपमा क्षति भएका नागरिकको आवास निर्माण गर्न सरकारले तीन किस्तामा गरी रकम प्रदान गर्ने भएकाले आवास निर्माण गर्न छिटो सम्बन्धित पालिकामा निवेदन दिन आग्रह गर्नुभयो । विगतका वर्षको तुलनामा पाल्पामा यस वर्ष आगलागीका घटना बढेको उल्लेख गर्दै उहाँले आगामी दिनमा जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
हाल रामपुर–४ र ५ का ६ घर, पूर्वखोलाका–६ का नौ घर र माथागढी–४ का ६ परिवारलाई विपद् व्यवस्थापन कोषमार्फत तत्काल रु १५ हजारका दरले राहत रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जिल्लाका अन्य पालिकामा आगलागीका घटनाको विवरण सङ्कलन भइरहेको छ ।
‘क्लथ एण्ड फुड बैंक नेपाल’ रुपन्देहीले रामपुर नगरपालिकाभित्र आगलागीबाट घर पूर्ण रूपमा क्षति भएका र आंशिक क्षति भएका परिवारलाई लत्ताकपडासहित ओढ्ने ओच्छ्याउने सामग्री उपलब्ध गराएको छ । संस्थाले रामपुर–४ का तीन र ५ का पाँच परिवारलाई लत्ताकपडा, ओढ्ने ओच्छ्याउनेलगायत कपडा वितरण गरेको छ । प्रजिअ काफ्ले, क्लथ एण्ड फुड बैंक नेपालका पाल्पा संयोजक सूर्य जिसी, प्रेमप्रकाश श्रेष्ठ, थमन मल्ल लगायतले राहत सामग्री वितरण गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै