+

लक्ष्यको ६३ प्रतिशत राजस्व असुली

बाँके ।  नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३ दशमलव ३४ प्रतिशत राजस्व असुली गरेको छ । 

आर्थिक वर्ष २०८०/८१ मा नेपालगञ्ज भन्सार कार्यालयलाई २८ अर्ब ६६ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा  १८ अर्ब १५ करोड मात्रै राजस्व असुली भएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभएको छ । 

अघिल्लो आवभन्दा गत आवमा करिब  ४ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा भन्सार लक्ष्य  २९ अर्ब ३२ करोड रहेकामा  १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार राजस्व सङ्कलन भएको थियो ।

चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा न्यून राजस्व असुली भएको उहाँको भनाइ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा चिनी आयातबाट मात्रै करिब  ९० करोड राजस्व असुली भएकामा गत आवमा चिनीबाट राजस्व असुली शून्य भएको थियो । 

कार्यालयले गत आर्थिक वर्षको साउन महिनामा १ अर्ब ८१ करोड ३० लाख ८४ हजार असुली गर्ने लक्ष्य राखेकामा १ अर्ब ४१ करोड ४० लाख ९८ हजार रुपैयाँ सङ्कलन गरेको थियो । भदौ महिनामा  दुई अर्ब २२ करोड १४ लाख ५८ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा  एक अर्ब ४५ करोड ११ लाख ८० हजार रुपैयाँ असुली भएको थियो ।

असोजमा  दुई अर्ब ४४ करोड ५३ लाख ८६ हजार रुपैयाा सङ्कलन गर्ने लक्ष्य राखेकामा  एक अर्ब ४८ करोड ६० लाख ९९ हजार, कात्तिकमा  दुई अर्ब ३८ करोड ९१ लाख ९२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा  एक अर्ब २४ करोड २१ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिनुभयो ।

 कार्यालयले मङ्सिरमा दुई अर्ब ५२ करोड ३६ लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाख ९९ हजार रुपैयाँ सङ्कलन गरेको थियो । पुसमा  दुई अर्ब ५६ करोड ६० लाख ६६ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा एक अर्ब ५३ करोड ५५ लाख ५६ हजार रुपैयाँ सङ्कलन भएको छ ।

माघमा  दुई अर्ब ३१ करोड ४२ लाख १२ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा  एक अर्ब ३१ करोड ८१ लाख २२ हजार रुपैयाँ सङ्कलन भएको छ । कार्यालयले फागुनमा दुई अर्ब ५० करोड १७ लाख ६५ हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा  एक अर्ब ५८ करोड ४७ लाख ३८ हजार रुपैयाँ असुली गरेको छ । 

कार्यालयले गत आर्थिक वर्षको चैतमा  दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार, वैशाखमा  दुई अर्ब ४७ करोड २५ लाख १२ हजार, जेठमा  दुई अर्ब ४९ करोड ६६ लाख एक हजार र असारमा  दुई अर्ब ४६ करोड ८२ लाख १९ हजार रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो ।

नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र नेपालगञ्जबाट जडीबुटी लगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट