
उदयपुर । वर्षाका कारण उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित बरुवा नदीमा आएको बाढीले बरुवा बाँधलाई क्षति पुर्याएको छ । यसबाट गाईघाट बजार क्षेत्रमा कटानको जोखिम बढेपछि अस्थायी बाँध निर्माण थालिएको छ ।
त्रियुगा नगरपालिकाले गाईघाट बजार क्षेत्रमा कटान रोक्न बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको जनाएको छ । स्थानीयवासीसहित तीनवटै सुरक्षा निकायको सहकार्यमा बरुवा नदीमा अस्थायी बाँध निर्माण जारी रहेको त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले बताउनुभयो । करिब ३ सय मिटर लम्बाई र दश मिटर चौडाइको भित्रपट्टिको भूभाग बरुवा नदीले कटान गरेको थियो ।
ढुङ्गां बोरामा बालुवा भर्ने र बोरामा बालुवा र ढुङ्गा राखेर तार जालीले बाँधेर अस्थायी तटबन्धन निर्माण गरिएको हो । त्रियुगा नगरपालिकाको वडा नम्बर ११, १२ र १० का दुई हजार घरपरिवारसहित गाईघाट क्षेत्रमा बाढीको डुबान र कटानको जोखिम अन्त्य भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै