
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् ।
दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका हुन् । एक आर्थिक वर्षमा कञ्चनजङ्घा हिमाल क्षेत्रमा दुई याममा पर्यटक आउने गरेका छन् । असोज, कात्तिक र मङ्सिर गरी तीन महिनाको समय पहिलो याममा पर्दछ । चैत, वैशाख र जेठको तेस्रो साताको समय दोस्रो यामभित्र पर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।
परिषद्को घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार फ्रान्स, जर्मन, बेलायत, अष्टे«लियालगायतका राष्ट्रबाट कञ्चनजङ्घा क्षेत्रमा बढी पर्यटक आएका छन् । पर्यटक आगमनमा सुधार हुँदै गएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेका होटल व्यवसायी तथा पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल सञ्चालक पेमा शेर्पाले बताउनुभयो ।
घुन्सा पर्यटन चोकपोष्ट कार्यालयका अनुसार यस वर्षको पहिलो याममा कञ्चनजङ्घा क्षेत्रमा ६ सय ५० बाह्य पर्यटकले भ्रमण गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको अन्तिम याम अर्थात् दोस्रो याममा २ सय ७० बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका छन् । आन्तरिक पर्यटकसमेत उत्तिकै सङ्ख्या बराबरले भ्रमण गरेता पनि आन्तरिक पर्यटकको भने अहिलेसम्म अभिलेख राख्ने गरिएको छैन । गत वर्ष दुई याममा गरी चार सय ३९ बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।
कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा सानाठूला ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ–६ ग्याप्लामा ७ करोड रुपैयाँ लगानीमा सिङ्गी नामजोग होटल पनि सञ्चलनमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै