
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलहरूको बैठकमा सत्ता पक्षका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल समेत सहभागी हुनुभएको छ ।
विपक्षी दलको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पूर्वमन्त्री मेटमणि चौधरीसहित बैठकमा सहभागी हुनुभएको हो ।
स्रोतका अुसार कांग्रेस सभापति देउवाले मधेश प्रदेशको सरकार र समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बोलाउनुभएको हो । बैठकमा पूर्वप्रधानकमन्त्री नेपालका साथै , जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी हुनुभएको छ ।
मधेश सरकारमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवलाई वैशाख ३० गते दिएको समर्थन फिर्ता लिएका छन् । एमाले र माओवादीले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री यादवले विश्वासको मत लिनु भएको छैनन ।
यादव जसपा नेपालबाट मुख्यमन्त्री बन्नुभएको हो हो । पार्टी विभाजनसँगै जसपा नेपाल संघीय सरकारबाट बाहिरिएको छ । केन्द्र सत्ता समीकरण फेरिपछि मधेश सरकार समेत अल्पमतमा परेको छ ।
मधेशमा २३ प्रदेश सांसदसहित एमाले पहिलो दल छ । कांग्रेसका २२, जसपा नेपालका १६, जनमतका १३, लोकतान्त्रिक समाजवादीका ९, माओवादीका ८ र एकीकृत समाजवादीका ७ प्रदेश सांसद छन् ।
१ सय ७ सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै