
काठमाडौँ । विभिन्न पुराण वाचन गर्ने कथावाचक आफैँ पनि आन्तरिक र बाह्यरूपमा शुद्ध हुनुपर्नेमा जोड दिइएको छ । काठमाडौँमा आयोजित कथा व्यासको दुई दिने राष्ट्रिय सम्मेलनमा यस्तो निष्कर्ष निकालेको हो ।
मङ्गलबार सम्पन्न कथा व्यासको राष्ट्रिय सम्मेलनले द्विविधा उत्पन्न गर्ने, शास्त्रविरुद्ध हुने, शास्त्रीयरूपमा सामान्य ज्ञानसमेत नभएको हो कि जस्ता लाग्ने विषयलाई छाडेर शास्त्रसिद्ध विषयमात्र पुराण वाचनका क्रममा भन्नुपर्नेमा पनि जोड दिइएको छ ।
सम्मेलनका निष्कर्ष र नवनिर्वाचित कार्यसमितिका बारेमा जानकारी गराउन आज आयोजना गरिएको कार्यक्रममा कथा व्यास क्षेत्रमा एकरूपता ल्याउनुपर्नेमा पनि जोड दिइएको थियो। धार्मिक क्षेत्रलाई पवित्ररूपमा स्थापित गराउन कथा व्यासको भूमिका महत्वपूर्ण हुने विषयलाई पनि धेरै प्रतिनिधिले जोड दिएको कथावाचक एवं हिन्दू जागरण नेपालका संयोजक रामकृष्ण उपाध्यायले जानकारी दिनुभयो ।
सम्मेलनले कुबेर सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा बालकृष्ण अर्याल, महासचिव राघवप्रसाद उपाध्याय, कोषाध्यक्ष रामचन्द्र तिमल्सिना, सचिवमा सुरज कौण्डिन्य पराजुली रहनुभएको छ । सदस्यमा सुधा शास्त्री, देवभट्ट बराल, मदनराज उपाध्याय, जगन्नाथ सुवेदी, मनोज नेपाल र सन्तोष आचार्य रहनुभएको छ । कथा व्यास समाजले समसामयिक विषयमा सामाजिक जागरणका कार्यक्रम पनि गर्ने जनाइएको छ ।
राज्यले नै कथा व्यास लगायत धार्मिक क्षेत्रलाई नियमन गर्ने निकायको स्थापना गर्नुपर्ने माग कथा व्यासले गर्दै आएका छन् । यो काम गर्ने गरी नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्थापना भए पनि स्पष्ट कानुन, बजेट र जनशक्तिको अभावमा काम हुन नसकेको उहाँहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने