
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न चार खेलका आठ खेलाडीलाई आज नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३ र ३ तथा मुवाँथाई र उसुका समान १ र १ खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको हो ।
उनीहरुलाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्नुभएको हो ।
एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भएका छन् । सन्तोषीले बङ्गलादेशमा भएको ढाका म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा स्वर्ण तथा राजपुरा र राममायाले नेपालमा भएको १६औँ एसियाली क्रस कन्ट्रीको व्यक्तिगत र टिम स्पर्धामा रजत जितेका थिए ।
शारीरिक सुगठनबाट ललित धिमाल, रजनी श्रेष्ठ र समन मुलगुठीलाई पुरस्कृत गरियो । ललितले माल्दिभ्समा भएको १३औँ दक्षिण एसियाली शारीरिक सुगठनमा स्वर्ण तथा रजनी र समनले नेपालमा भएको ५५औँ एशियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।
मुवाँथाईबाट गुणराज रुचाल तथा उसुबाट विजयी सिजालीले पुरस्कार पाएका छन् । गुणराजले थाइल्यान्डमा भएको १९औँ विश्व मुवाँथाई च्याम्पियनसिपको सेमीप्रो स्पर्धामा स्वर्ण जितेका थिए । विश्व च्याम्पियनसिपको सेमीप्रोमा गुणराजअघि कुनैपनि नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । विजयीले साउदी अरबमा भएको विश्व कम्ब्याट गेम्समा स्वर्ण जितेका थिए ।
आठ खेलाडीलाई गरी ६ लाख ५० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको राखेपका उपाध्यक्ष कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार राजपुरा र राममायाले जनही ५५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । बाँकी खेलाडीलाई जनही रु ९० हजार नगद पुरस्कार प्रदान गरियो ।
कार्यक्रममा उपाध्यक्ष कोइरालाले पुरस्कृत खेलाडीलाई बधाई दिँदै आगामी दिन अझबढी सफलता हासिल गर्न शुभकामना प्रदान गर्नुभयो । उहाँले नेपाललाई खेलाडीको देश भनेर चिनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
राखेपका सदस्य–सचिव घिसिङले ऐतिहासिक दिवसका अवसरमा परिषद्ले खेलाडीलाई सम्मान गरेको भन्दै कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको बेलैमा सुरु नगरे खेलाडीबाट ठूलो सफलताको अपेक्षा गर्नु न्यायोचित नहुने उल्लेख गर्नुभयो । उहाँले ओलम्पिकमा पदक हासिल गर्ने हो भने खेलकुद्लाई विद्यालय तहबाटै पाठ्यक्रममा समावेस गर्नु पर्नेमा जोड दिनुभयो । यस अभियानमा सरोकार भएका निकाय तथा आमनागरिकको एक स्वर हुन पर्ने उहाँको भनाइ छ ।
खेलाडी छनोट गर्न राखेपले तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माको संयोजकत्वमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ र सङ्घ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई सदस्य रहने गरी तीन सदस्यीय खेलाडी छनोट कार्यदल गठन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री