
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित भएर कानुनको पालना गर्न निर्देशन दिँदै यस्तो गम्भीर प्रकृतिका अभियोग लागेका अन्यमाथि पनि छलफल गर्न माग गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसमिति बैठकको यही जेठ ११, १२, १३ र १४ गते बसेको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद बस्नेतलाई कानुनबमोजिम अदालतमा उपस्थित हुन निर्देशन दिनुभएको हो । उहाँले यस्ता गम्भीर प्रकृतिका अभियोग लागेका र तथ्यहरु समेत सार्वजनिक भएका अन्यमाथि पनि शीर्घ छानबिन र कारबाहीका लागि माग गर्नुभयो ।
“सांसद बस्नेतमाथि नवलपरासीस्थित छिपछिपे सहकारीबाट उहाँ समेत सञ्चालक रहेको कष्णासार रिसोर्टमा रकम गएको सन्दर्भमा उहाँमाथि प्रहरीले मुद्दा चलाएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ,” बैठकपछि राप्रपाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “पार्टीले यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि गीता बस्नेतलाई छानबिनमा सहयोग गर्न निर्देशन दिइसकेको छ ।” बैठकले पार्टीले सरकारलाई बुझाएका विभिन्न ४० बुँदे मागपत्र सम्बोधन नगरेको भन्दै पुनः ध्यानाकर्षण गराउने निर्णय गर्दै सुशासन, दीर्घकालीन माग र मुद्दामा सहकार्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
राप्रपाले गत पाँच वर्षमा कृषि अनुदानका नाममा तीन तहको सरकारले रु एक खर्ब कृषि अनुदान रकम क–कसलाई बाँडियो श्वेतपत्र जारी गर्न माग गरेको छ । साथै, बैठकले युवालाई स्वदेशमै रोजगारी दिलाउन कृषि तथा घरेलु उद्योगमा संलग्न गराई तालिम, बीउ, पुर्जी र सहुलियत कर्जाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा