
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । सोमबार दर्ता भएको रिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहुभएका लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गरिएको छ ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो । रिट निवेदनमाथि जेठ १६ गते सुनुवाइका लागि पेशी तोकिएको छ ।
रिट निवेदनमा सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग समेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा