
काठमाडौँ । सहकारी ठगी प्रकरणबारे धारणा प्रष्ट बनाउन सत्तारुढ दलहरु पनि आन्तरिक छलफलमा जुटेको छन् ।
आज बिहान नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ दलहरू आन्तरिक छलफलमा जुटेका हुन् । छलफल प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायतको सहभागिता छ ।
यसअघि बालुवाटारमै कांग्रेसका नेताहरुसहित शीर्ष नेताहरुको बैठक बसेको थियो । जहाँ कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार सहभागी हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा