
काठमाडौँ । नेपाली कांग्रेसले सहकारी प्रकरणमा ठोस धारणा बनाउन वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।
कांग्रेस सांसद जीवन परियारका अनुसार दिउँसो सभापति शेरबहादुर देउवा निवासमा बैठक बस्न लागेको हो । उक्त बैठकले सहकारी प्रकरणका सम्बन्धमा ठोस धारणा तय गर्ने उनले बताए ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै आएको छ। यसका सम्बन्धमा संसदीय छानबिनको माग गर्दै आएको छ ।
कांग्रेसले गृहमन्त्री लामिछानेको नाम नै राखेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान लिंदै आएको छ ।
नाम राख्न नसके गोर्खा मिडियाको नाम राख्ने विकल्पमा कांग्रेससहितका नेताहरुका बीचमा छलफल चलिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेताहरुको बिहान बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । ‘सत्ता पक्षको प्रस्ताव मान्न सकिने छैन । प्रधानमन्त्री अत्यन्तै सकारात्मक रुपमा लाग्नुभएको छ,’ कांग्रेस सांसद परियारले भन्नुभयो, ‘तर अन्य सत्ता पक्षले अल्झाइरहेको जस्तो देखिन्छ । प्रधानमन्त्रीले दुबै पक्षको राय लिनु भएको छ । उताबाट आएको कुरा पनि हामीलाई पर्याप्त छैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा