
काठमाडौँ । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय प्रतियोगितामा कर्णालीलाई ३० रनले पराजित गरेको छ । जितका लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रनमा समेटियो ।
कर्णालीका लागि गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन् । त्यस्तै, यमुना थारुले २९ बलमा ४ चौकासहित २१ रन बनाइन् । अञ्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन् । तृर्सना विश्वकर्माले ८, कप्तान किरण कुँवरले २ र बीना थापा ४ रनमा आउट भइन् ।
लुम्बिनीकी सरस्वती पुन र कृतिका मरासिनीले समान २, २ विकेट लिए भने शर्मिला रोका र चमेली चौधरीले समान १, १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।
लुम्बिनीकी कप्तान सरस्वती गङ्गा मगरले ६२ बलमा ७ चौकासहित ५३ रन बनाइन् । चमेली चौधरीले २२ बलमा २ चौकासहित १८ रन बनाइन् । सरस्वती पुनले ३ र मधु डिसीले २ रन बनाए । कर्णालीका लागि यमुना थारु, रश्मी खड्का र तृर्सना विश्वकर्माले समान १, १ विकेट लिए ।
लुम्बिनीको यो दोस्रो जित हो । लुम्बिनीले पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो । यता कर्णालीको यो लगातार चौथो हार हो । कर्णाली यसअघि कोशीसँग १० विकेट, गण्डकीसँग ४४ रन र सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो