
मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय ४ महिना पूर्णरूपमा बन्द हुनेहुँदा विद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको छ ।
विद्यार्थीको पढाइलाई मध्यनजर गरी नार्पाभूमि गाउँपालिकाले पहिलो पटक ‘घुम्ती कक्षा’ सञ्चालन गरेको त्यहाँका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले जानकारी दिनुभयो । अधिकांश विद्यार्थी काठमाडौँमा रहेकाले पठनपाठन निरन्तर गराउने उद्देश्यले स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
‘लामो समयसम्म विद्यार्थीले बसेर अध्ययन नगर्दा उनीहरुको भविष्यमाथि खेलबाड भएको महसुस गरी घुम्ती कक्षा सञ्चालन गरेका हौँ, ४ महिना यहीँ कक्षा सञ्चालन गरी विद्यार्थीलाई पढाउने व्यवस्था गरेका छौँ’ अध्यक्ष लामाले भन्नुभयो– ‘यहाँको विद्यालय बन्द हुँदा शिक्षक पनि बिदा हुने गरेका थिए, अब भने काठमाडौँमै कक्षा सञ्चालन गरी अध्यापन गराउने व्यवस्था गरिएको छ । पहिले समग्र देशको शैक्षिकसत्रभन्दा पहिले नै अन्तिम परीक्षा सकाएर हिउँदमा तल झर्ने गरिन्थ्यो । यसले विद्यार्थीको पढाइमा असर गर्दैन थियो तर समग्र देशका विद्यालयमा एउटै शैक्षिकसत्र पालना गर्नुपर्दा हिमाली क्षेत्रका विद्यार्थीको भविष्यमा असर पुगेको आभास हुन्छ । त्यसैले उक्त कक्षा सञ्चालनमा ल्याएका हौँ ।’ शिक्षालाई प्राथमिकतामा राखी बालबालिकाको भविष्य सुनिश्चितताका लागि यस्तो योजना बनाइ प्रबन्ध गरिएको अध्यक्ष लामाको भनाई छ ।
हिउँदमा ४ महिना विद्यालय बन्द हुन्थ्यो । विद्यालय खुल्नासाथ नयाँ शैक्षिकसत्र शुरुवातत हुँदा यहाँका बालबालिकालाई सहज हुन्थ्यो तर अहिले परीक्षाको नतिजाको पर्खाइमा रहने विद्यार्थी अहिले कसरी पढ्ने भन्ने ध्याउन्नमा हुने गरेकाले सहजताका लागि पालिकाले पहिलो पटक घुम्ती कक्षा सञ्चालन गरेको जनाइएको छ । विद्यार्थीलाई भविष्यमा देशैभरका विद्यालयसँग प्रतिस्पर्धीका रुपमा उतार्न घुम्ती कक्षाले प्रेरणा मिल्ने अपेक्षा गाउँपालिकाको छ । मनाङमा मंसिरदेखि फागुनसम्म विद्यालय बन्द हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो