
काठमाडौँ । साहित्यकार वानीरा गिरीको नाममा स्थापित वानीरा फाउण्डेशनले विभिन्न व्यक्तिलाई पुरस्कृत गरेको छ ।
आज आयोजित कार्यक्रमबीच वानीरा प्रज्ञा पुरस्कार, २०८० प्राध्यापक पुष्कर लोहनीलाई प्रदान गरिएको छ । सात दशकदेखि साहित्य सिर्जनारत लोहनीलाई कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पु-याए बापत पुरस्कार प्रदान गरिएको फाउण्डेशनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले जानकारी दिनुभएको छ ।
नेपाली रङ्गमञ्च तथा चलचित्रकलामा छ दशकदेखि क्रियाशील रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेवापत मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ । यी दुवै पुरस्कारको राशि एक/एक लाख रहेको छ । कथा र कविताका माध्यमबाट नेपाली साहित्यको संवद्र्धनमा योगदान गरेको भन्दै श्रीमती अनिता तुलाधरलाई ५० हजार राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ ।
यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा गिरीको पूर्णकदको सालिकमा प्रा पुष्कर लोहनीबाट माल्यार्पण गरिएको थियो । डा गिरीको विसं २०७८ जेठ ९ गते कोरानाका कारण निधन भएको थियो ।
श्रीमती इन्दिरा प्रसाईंको सभापतित्वमा भएको समारोहमा प्रा लोहनी, मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउण्डेशनका संस्थापक तथा संरक्षक इन्जिनियर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाइँले साहित्यकार स्व गिरीको कृतित्व तथा व्यक्तित्वमाथि चर्चा गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलनको घोषणा
- राप्रपाको प्रदर्शनका कारण भोलि शिक्षक आन्दोलन बिहानलाई सारियो
- ‘विवाहको प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि गोली प्रहार’
- निषेधित क्षेत्र नतोड्न राप्रपालाई गृह मन्त्रालयको चेतावनी
- राप्रपाले आइतबार बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने
- बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल
- धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
- वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय